घाँटीमा पासो लगाए पनि सास फेर्न सक्छन् यी व्यक्ति

चिनियाँ मार्सियल आर्टका विशेषज्ञ लि लियाङबिनको सम्भवतः संसारको सबैभन्दा बलियो घाँटीको मांसपेशी भएका व्यक्ति हुन् । उनको घाँटीका मांसपेशीहरु यति बलिया छन् कि उनी आफ्नो घाँटीमा पासो लगाएर नै सास फेर्न सक्छन् ।
चीनको सानडंग प्रान्तमा रहेको लिजुवाङ गाउँका ४९ वर्षीय लि ले आफ्नो बाल्यकालदेखि नै कुङ फु सिक्दै आएका थिए । उनी भन्छन्, ‘म अहिले कुङ फु मास्टर भइसकेको छु । म दैनिक रुपमा मेरो शरिरलाई नयाँ ढङ्गले परिवर्तन गर्नका लागि नयाँ नयाँ चुनौतीको सामना गर्ने गर्दछु । ’

‘कुङ फु मेरो जीवन हो र यसको लागि चुनौती अत्यावश्यक छ । कुङ फु मास्टरका विभिन्न हर्कतको बारेमा धेरैलाई थाहा छ तर रुखमा भुण्डिएर पनि सास फेर्न सक्नु भएको निकै नौलो कुरा हो । ’ त्यसकारण उनले आफ्नो घाँटीको मांसपेशीहरुलाई रुखमा झुण्डिएर पनि सास फेर्न सक्ने तरिकाले बलियो बनाउने निधो गरे ।

लि ले यो चुनौतीको सामनाका लागि करिब १० वर्ष अभ्यास गरे । ‘यो मेरो लागि ठूलो चुनौती थियो । रुखमा झुण्डिँदा नै म केहि व्यायाम गर्न सक्छु,’ उनी भन्छन् । (एजेन्सी) रारातोपाटी पाभिडियो हेर्न तल क्लिक गर्नुहोस :

Comments