थाहै नपाइ ज्यान लिने एपेन्डिसाइटिस भएमा के हुन्छ र यसको लक्षण के के हुन् !
कुविक एनपी न्युज
एपेन्डिक्स भनेको मासंपेसीले बनेको करिव पाँचदेखि दस से.मी. लम्बाइको एउटा पाइपजस्तो तन्तु हो जसको व्यास दुईदेखि चार मिलिमिटर मात्र हुन्छ । यसको एकातिरको मुख बन्द हुन्छ र अर्को तिरको मुख ठूलो आन्द्रा र सानो आन्द्रा जोडिने ठाउँमा ठूलो आन्द्रासँग जोडिएर रहेको हुन्छ । एपेन्डिक्सको हाम्रो शरीरमा कुनै खास काम छैन । कसै -कसैले यसको महत्व शरीरको प्रतिरक्षा प्रणालीमा रहेको बताए पनि पुष्टी चाँहि गर्न सकेका छैनन् । दाहिने कोखाभन्दा अलिकति तल रहने यो एपेन्डिक्स कुनै पनि कारणले सुन्निन गएमा त्यसलाई एपेन्डिसाइटिस भनिन्छ यो बिरामीका लागि एक आपत्कालीन अवस्था हो समयमै रोग ठम्याउन सकिएन र तुुरुन्त उपचार सुरु गरिएन भने यसले बिरामीलाई चिन्ताजनक अवस्थामा पनि पुर्याउन सक्छ ।
एपेन्डिसाइटिस हुन सक्ने कारण: खानामा फाइबरको कमी भएमा केही भाइरसको सङ्क्रमणले गर्दा एपेन्डिक्सको कोष सुन्निन्छन् र यसरी सुन्निएको कोषमा ब्याक्टेरियाजस्तै अक्सयुरियस भरमिकुलारिस, ई कोलाई इन्टेरोकोकाई आदिले गएर थप सङ्क्रमण गराउदँछन् अनि एपेन्डिसाइटिस हुन्छ । एपेन्डिक्स ठूलो आन्द्रासँग सीधै जोडिएको हुनाले कहिलेकाँही ठूलो आन्द्रामा गाँठो पर्दा वा बटारिँदा आन्द्रामा रहेको दिशा फर्केर आई एपेन्डिक्समा पसेर एपेन्डिक्सको सङ्क्रमण गराउन सक्दछ । एपेन्डिक्समा जुका आएर पनि एपेन्डिसाइटिस गराउन सक्दछन् जुन प्रमुख कारणमध्ये एक हो । कब्जियतका बिरामीले दिशा खुुकुलो बनाउने औषधिको अत्यधिक प्रयोग गरेमा पनि एमेन्डिसाइटिस हुन सक्छ ।
यी माथि उल्ल्ोख गरिएका कुनै पनि कारणले गर्दा एपेन्डिक्सको मुख बन्द भएमा त्यसभित्र रहेका जमेका फोहोरको कारणले गर्दा त्यहाँको चापमा वृद्धि हुन जान्छ । चापमा भएको बृद्धिले गर्दा एपेन्डिक्सको रक्त सञ्चारमा कमी आउँदछ । रगतको प्रवाह नै कम भएपछि एपेन्डिक्सका कोष झन् ठूलो हुँदै आफ्नो आकारमा वृद्धि गर्न थाल्दछन् । जसले गर्दा रगत प्रवाह गर्ने नलीमा क्षति पुग्न गई पूरै रक्त सञ्चार बन्द हुन्छ र एपेन्डिक्सका कोषमा घाउ लाग्दछ अनि विस्तारै कुहिन सुरु गर्दछन् ।
लक्षणहरू : सुरुमा नाइटोको वरिपरि दुख्न सुरु गर्छ । दुखाइ विस्तारै सर्दै गएर एक-दुई घण्टाको फरकमै कम्मरको दाहिने पट्टीतिर पुग्दछ । विस्तारै पाँच-छ घण्टामा पेट पूरै दुख्न थाल्छ र पछि गएर नाइटोदेखि मुनि कम्मरको दाहिनेतिर कोखामा र कोखाभन्दा मुनि छुदैमा पनि दुख्ने हुन्छ । जति समय बित्दै गयो त्यति नै दुखाइको मात्रा बढ्दै जान्छ ।
वाक्वाकी लाग्ने, वान्ता आउने हुन्छ । ज्वरो सुरुमा हलुका आउँछ र पछि बढेर जान्छ ।मुटुको धड्कनको गति बढ्छ ।सास गन्हाउन थाल्छ ।सुन्निएको एपेन्डिक्सले पिसावको थैलीमा तनाव उत्पन्न गर्ने भएकाले छिटोछिटो र छोटो छोटो पिसाव आउँछ ।
एपेन्डिसाइटिस भएको बिरामीहरूमा
१. देब्रे कोखामा थिच्दा पनि दाहिने कोखा र त्योभन्दा तलतिर दुख्छ । यसलाई च्यखकष्लन कष्नल भनिन्छ ।२. सुतिरहेको बिरामीले घुँडा नखुम्चाइकन खुट्टा उचाल्दा दाहिने कोखा र त्योभन्दा तलतिर दुखाइको अनुभव हुन्छ । यसलाई द्यबमिधष्लनुक तभकत भनिन्छ ।
३. दाहिने खुट्टालाई नखुम्चाइकन पछाडि लग्दा दाहिने कोखा र त्योभन्दा मुनि दख्छ । यसलाई ऋयउभुक एकयबक तभकत भनिन्छ । यी माथि उल्लेख गरिएका विधिहरूद्वारा एपेन्डिसाइटिस भएको हो कि होइन भनेर छुटट्याउन मद्दत मिल्दछ ।
उपचार - शल्यक्रिया गरेर एपेन्डिक्सलाई निकाल्नेबाहेक यसको अर्को विकल्प छैन । एपेन्डिसाइटिसको समयमै उपचार गरिएन भने यसले हाम्रो पेटमा रहेको आमाशय सानो आन्द्रा र ठूलो आन्द्रालगायतलाई ढाकेर राख्ने तन्तुको एक तह जसलाई पेरिटोनियम भनिन्छ, त्यसलाई फुटाइदिन सक्छ । यदि त्यस्तो भएमा सङ्क्रमण शरीरभरि फैलिएर अवस्था चिन्ताजनक पनि बनाउन सक्छ ।
तर शल्यक्रियाको पनि आफ्नै समस्या छन् । ठूलो आन्द्राको प्यारालाइसिस हुन सक्छ । जसले गर्दा खाना नपच्ने समस्या हुन्छ । त्यस्तै, सिलाइएको टाका नमिलेर र राम्ररी नकस्सिएर रक्तस्रावको पनि सम्भावना रहन्छ । शरीरमा कुनै प्रभावी काम नभएको र जुनसुकै उमेरमा अनि जुनसुकै समयमा पनि एपेन्डिक्सले दुःख दिने भएकाले अरू कुनै समस्याको कारणले गर्दा पेटको शल्यक्रिया गर्नु परेको छ भने धेरै शल्यचिकित्सकले बिरामी वा आफन्तको अनुमति लिएर एपेन्डिक्सलाई फालिदिने गरेका छन् ।रासस

Comments
Post a Comment