संविधानसभामा रक्सीका बोत्तल र दस पोका खुर्सानीको धुलो

काठमाडाैं : संविधानसभा भवन परिसरभित्रका विभिन्न स्थामा रक्सीका बोत्तल, नुनका पोका र स्पिड ट्याब्लेट भेटिएका छन् ।  सुरक्षाकर्मीले जाँच गर्ने क्रममा संविधानसभा भवन परिसरभित्र १० ठाउँमा खुर्सानीको धुलोको  पोका समेत भेटिएको छ।सुरक्षाकर्मीले जाँच गर्दा महिला सभासदहरुको शौचालयमा पनि रक्सीको गन्ध आएको पाइएको छ । यसअघि सोमबार मध्यराति संविधानसभा भवनमा विपक्षी दलहरुले वितण्डा मच्चाउने क्रममा महिला शौचालयमा पसेर रक्सी खाएको आरोप लागेको थियो ।

संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माले सुरक्षानिकायले बिहीबार विहानै सुरक्षा जाँचका क्रममा १० ठाउँमा खुर्सानीको धुलो भेटिएको बताए । संविधानसभा भवन परिसरभित्र खुर्सानीको धुलो कसले र किन राखेको भन्‍ने खु्ल्न सकेको छैन। खुर्सानीको धुलो भेटिएपछि बैठकमा सहभागी हुन आएका सभासद्‌को सुरक्षाजाँचमा कडाई गरिएको छ। annapurnapost dot com

Comments