आन्दोलन छोडेर एमाओवादी -मोर्चा वार्तामा आउनसक्ने
काठमाडौं : एमाओवादी नेतृत्वको मोर्चा पूर्वघोषित आन्दोलन फिर्ता लिएर वार्तामा आउने संभावना बढेको छ। त्यसका लागि एमाओवादीले सरकारको औपचारिक पत्र पर्खेर बसेको छ।
प्रधानमन्त्रीले लिखित रुपमा वार्ताका लागि अपिल गरेपछि वार्तामा आउने अनौपचारिक समझदारी भइसकेको छ। प्रश्नावली समिति गठन नगरेसम्म वार्तामा नआउने अडान लिएको एमाओवादी नेतृत्व केही लचिलो हुँदै वार्ताका लागि सकारात्मक देखिएको हो।
पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता दिनानाथ शर्माले सरकारले वार्ताका लागि बोलाएर एमाओवादी वार्तामा सहभागी हुने स्पष्ट पारेका छन्। उनले भने, सहमतिमा संविधान बनाउने सबैको चाहना हो। त्यसका लागि हामी लचिलो हुन तयार छौं। उनले प्रधानमन्त्रीबाट औपचारिक पत्र आएमा तीस दल बसेर आन्दोलनको निर्णय सच्चाउन सक्ने संकेत गरे।
विराटनगर पुगेका प्रचण्डले शनिबार इटहरीमा पत्रकार सम्मेलन गरी बहुपहिचानको संघीयतामा जान तयार रहेको र एकल जातीय राज्यको पक्षमा आफूहरु नरहेको बताउँदै सम्वाद र सहमतिका लागि लचिलो भएको संकेत दिएका छन्। शुक्रबार निकै आक्रमक शैली प्रस्तुत भएका प्रचण्ड शनिबार भने नरम देखिए।
प्रधानमन्त्री सुशील कोइरालाले केही दिनभित्रमै संविधान लेखनमा मडारिएको बादल हट्ने र दलहरूबीच सहमति हुने बताएर छिटै वार्ता हुने संकेत दिएका छन्। नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको पन्ध्रौँ साधारणसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने, 'केही दिनभित्रमा संविधान लेखनका विषयमा दलका बीचमा देखिएका समस्याका सबै बादल हट्ने छन्, अविश्वास र तिक्तता हट्छ, ब्रेक थ्रु हुनेछ, हामी वार्तामा बस्नेछौं।'
annapurna post

Comments
Post a Comment