काँक्राको बहुउपयोगी कमाल, यस्तो छ...
सामान्यतया नेपालमा काँक्राको प्रयोग सलाद वा अचार बनाउनका लागि प्रयोग गरिन्छ । गर्मी समयमा यसको नियमित सेवनले स्वास्थ्यका लागि पनि निकै फाईदा हुन्छ । गर्मी समयमा काँक्राको प्रयोग गर्नाले शरीरमा पानीको कमि हुन दिँदैन । काँक्रामा ९६ प्रतिशत पानी हुन्छ । जसले गर्दा यसको सेवनले पानीको अभावलाई पुर्ति गर्छ ।काँक्रामा स्वास्थ्यवद्र्धक र सौन्दर्यवद्र्धक गुण पनि हुन्छ । यसबाहेक भिटामिन बी, सी, पोटाशियम, फस्फोरस, आइरन लगाएतका मानव शरीमा आवश्यक पर्ने महत्वपूर्ण तत्वहरु समेत पाईन्छ । काक्राको नियमित सेवन गर्नाले शरीरमा इन्सुलिनको लेवललाई नियन्त्रण गर्छ । साथै कोलेस्ट्रोल नियन्त्रणका लागि पनि काक्राले सहयोग गर्छ ।
कब्जियत, ग्यास्ट्रीक, टाउको दुखाई लगाएतका रोगमा समेत यसको सेवनदे लाभ पुर्याउँछ । साथै पाचन प्रणालीलाई नियमित र स्वस्थ राख्नका लागि पनि यो बहुउपयोगी हुन्छ ।
काँक्राको सेवनले अनुहारमा हुने समस्यालाई पनि नियन्त्रण गर्छ साथै यसको लेप बनाएर मुहारमा लगाउनाले अनुहारलाई चमकिलो र स्वस्थ बनाउने काम गर्छ ।

Comments
Post a Comment