परवलको सेवनले स्वास्थ्यलाई फाईदै फाईदा

एजेन्सी, तरकारीका रुपमा प्रयो गरिने प्रवल स्वास्थ्यका लागि निकै फाइदा जनक हुने गर्छ । नेपालको तराई क्षेत्रमा पाईने परवल खाँदा जति स्वादिस्ट हुन्छ, यसले मानव स्वास्थ्यमा गर्ने फाईदा त्यस भन्दा बढी हुन्छ । परबलको तरकारी तथा यसका पातमा औषधीय गुण पाइन्छ । विशेष गरी पेटका रोगिका लागि यो उपयोगि हुने बताइन्छ । साथै यसले कुनै किसिमको चोटपटकलाई पनि छिट्टै निको बनाउनमा पनि निकै उपयोगी हुन्छ । परवलको वैज्ञानिक नाम ट्रायकोसेन्थस डयोका हो । अग्रेजीमा पोइंटेड भनेर चिनीने यो औषधिका रुपमा तथा तरकारी कै रुपमा पनि निकै उपयोगी मान्छि ।


परवलको तरकारी बनाएर खाँदा यसले पेट सुन्नीने रोगमा लाभदायक हुन्छ । साथै पेटमा पानी भरिने समस्या भएका रोगिका लागि पनि यो उपयोगी हुन्छ । जडीबुटी सम्बन्धी काम गर्ने वैद्यहरुका अनुसार कहियौँ प्रकारका पेटका रोगीका लागि यो निकै नै उपयोगी सावित हुन्छ । पेटमा भएका किरा वा जुका मार्नका लागि पनि परवल निकै उपयोगी हुने वैद्यहरु बताउँछन् । परलवरको सेवनले मोटोपन क मगर्न, टाउको दुख्ने समस्या, चोटपटक टिट्टै निको बनाउनका लागि पनि यो उपयोगी हुने गर्दछ । साथै छालामा हुने रोगमा पनि यो उपयोगी हुन्छ ।
परवललाई औषधिका रुपमा प्रयोग गरिने केही विधिहरुः 
१.परवल र हरियो धनियाका पातलाई बराबर मात्रामा पिँधेर एक रात भर पानीमा भिजाउने र विहान उठेर त्यसलाई छानेर प्रत्येक तीन भागमा बाँडी अलिकती मह मिसाएर दिनमा तीन पटक सेवन गर्नाले पेटका किराहरु मर्छन् ।

.परवलका दानाहरुको जुस बनाएर त्यसमा केही मात्रामा सोँफ र हींगको धुलो मिसाएर सेवन गर्नाले मोटोपन घटने विश्वास गरिन्छ । साथै परवलको जुुस सेवन गर्नाले शरिरमा स्फूर्ति ल्याउँछ ।

३.टाउको दुखेको बेलामा परवलको जुसलाई लेप लगाउनाले टाउको दुख्ने समस्याबाट मुक्ति मिल्छ । यसका पातहरुको रसलाई टाउकामा लगाउनाले पनि फाइदा हुन्छ ।

४.परवलका पातह पिधेर यसको लेप लगाउनाले टोटपलकमा तुरुन्त राहत मिल्छ । साथै घाउ निको बनाउनमा पनि यसले सहयोग गर्छ । परवलले रगत सर्फा गर्न पनि मद्दत गर्छ ।

५.परवललाई पकाएर खाँदा छालासम्बन्धि रोगमा पनि राहत मिल्ने विश्वास गरिन्छ ।

Comments