तिम्रोजस्तो मुटु मेरो पनि: रेखा थापा
बिहानमा कुनै गीत सुन्यो भने, त्यो दिनभरि मेरो दिल र दिमागमा बस्छ । कतै टाढा जाँदा पनि मलाई कुनै गीतको सम्झना हुन्छ । गीतमा प्रसंग, परिवेश हुन्छ नै । एक वर्षअघि म दोलखा भीमसेनको दर्शनका लागि गएकी थिएँ ।
जति बेला रातै गुराँस फुलेको थियो । अनि, त्यो परिवेश देख्दा मलाई एउटा गीत याद भएको थियो— म त लाली गुराँस भएँ छु… । मलाई स्वरसम्राट नारायणगोपालका थुप्रै गीत मन पर्छ । म त लाली गुराँस भएँ छु, तिमीले भनेका सारा दीप छोएर, तिम्रोजस्तो मुटु मेरो पनि, आज–भोलि हरेक साँझ मातिन थालेछ, यी गीत मलाई विशेष मन पर्छ ।मलाई खासगरी पुराना नेपाली आधुनिक गीत मन पर्छ । झट्ट सम्झँदा फत्तेमानले गाएको ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत पनि मलाई विशेष मन पर्छ । तराई गएका बेला मलाई एउटा गीतको अन्तरा खास सम्झना हुन्छ ।
तारादेवीले गाएको ‘उकाली–ओरालीहरुमा, भञ्जाङ अनि चौतारीहरुमा… तराईका हरिया फाँटमा’ । तराई पुगेका बेला मलाई गुनगुनाउन मन लाग्छ, तराईका हरिया फाँटमा । यात्राहरुमा म प्रायः गीत सुन्छु । जतिबेला पनि कानमा एयरफोन लगाएर त होइन । गाडीमा पुराना नेपाली गीत बजाउँछु । कतै पुराना गीत बजेको सुन्दा पनि मेरो ध्यान खिचिन्छ ।
मान्छेले जस्तो गीत सुन्छ, उसको स्वभाव पनि उस्तै नै हुन्छ सायद । म पर्दामा चञ्चले र दबंग चरित्रमा देखिन्छु । तर, मेरो वास्तविक जीवन चञ्चल होइन, गम्भीर नै छ । मलाई गम्भीर प्रकृतिका गीतले छुन्छन्, तान्छन् ।
पछिल्लो हप्ता मेरो मनमा एउटै गीत बसिरहेछ, तिमीले भनेका सारा दीप छोएर । म यसलाई राम्रोसँग गाउन पनि कोसिस गरिरहेकी छु ।
म संगीतप्रेमी हुँ । सानैदेखि नै गीत गुनगुनाउँथे । मलाई संगीतमा लाग्ने पनि चाहना थियो । त्यसैले मेरो आउँदो फिल्म राम–पियारीको एउटा गीतमा म आफँै संगीत गरेकी छु । जुन गीत पछिल्लो नेपाली तारा प्रताप लामालाई गाउन दिने सोचमा छु । तर, टुंगो लागिसकेको छैन ।
लाग्छ, जीवन एउटा गीत हो । जो आफ्नै लय, तालमा बजिरहेको हुन्छ । म कतै यात्रामा छु, सुनसान नै परिवेश छ । तर, मलाई कुनै गीत बजिरहेजस्तो लाग्छ । खासगरी परिवेश र परिस्थितिअनुसार नै मन बहकिने न हो । मलाई लाग्छ, मन बहकिएको अवस्था नै कुनै गीत हो । मन हरबेला गुञ्जिरहेकै हुन्छ । त्यो सबैले सुन्दैनन् । आफ्नै मन गुन्जिएको जब आफूले सुनिन्छ तर अरुले सुन्दैन भने, त्यो गीत नभएर के हो त ?
- रातोपाटी

Comments
Post a Comment