करोडपति व्यापारीले मासु चोरेपछि..
एजेन्सी : भारतीय मूल एक करोडपति व्यापारीलार्इ २ सय पाउन्डको मासु चोरेको अभियोगमा १२ महिनाको सजाय भएको छ ।बेलायतको एक अदालतले बर्मिङ्घमस्थित एक दोकानबाट २ सय पाउन्डको मासु र मदिरा चोरी गरेको अभियोगमा ३९ वर्षीय व्यापारी रोनन घोषले १२ महिना सामुदायिक सेवा गर्नुपर्ने सजाय सुनाएको हो ।
दैनिक लाखौं पाउन्डको कारोबार गर्ने कम्पनीका मालिक रोनन घोषलार्इ बर्मिङ्घमको टेस्को सुपरमार्केटबाट २ सय पाउन्डको मासु र मदिरा चोर्दै गरेको अवस्थामा रंगेहात समातिएका थिए । बेलायतकै सोलिहुलस्थित आलिसान घरमा बस्दै आएका घोषले एक ब्यागमा लुकाएर सुपरमार्केटबाट सामान चोरी गर्ने कोशिश गरेका थिए ।
स्टोरको सिसीटीभी क्यामेरामा उनले मासु चोर्दै गरेको देखिएपछि गत २१ फेब्रुअरीमा पुलिसलार्इ खबर गरिएको थियो । बर्मिङ्घम मेलले छापेको समाचार अनुसार ती करोडपतिले पक्राउ परेपछि मासु चोरेको स्वीकार गरेका थिए ।

Comments
Post a Comment