किन महिलामाथि बढी आश्रित छन् पुरुषहरु??
त्यसो त पितृसत्तात्मक समाजमा महिलालाई पुजनीय स्थानमा राखेपनि पुरुषमाथि निर्भर हुने रहने जातका रुपमा औंल्याइन्छ । विवाह अगाडी पिताको, विवाह पछाडी श्रीमानको र बृद्धावस्थामा छोराको सहारामा स्त्री बाँच्छन् भन्ने धारणा पनि पाइन्छ । तर कतिपय यस्ता आधारहरु छन् जसले सोच्न बाध्य नै बनाउँछ, पुरुषहरु पो महिलामाथि बढी आश्रित छन् की ?
के हुन् त ती आधारहरु ?
१. स्त्रीले पुरुषको जीवनमा क्रमबद्धता ल्याँउछिन्
महिलाहरु पुरुषको जीवनमा अनुशासन, क्रमबद्धता र सहजता ल्याउन ठूलो भूमिका खेल्छन् । अस्तव्यस्त कोठालाई सही राख्न होस् वा सामानहरुलाई यथास्थान समेटेर राख्ने काममा होस् महिलालाई यस्तो काममा अगाडी देख्न सकिन्छ । तर पुरुषहरु यस्तो कुरामा लापरबाही गर्छन्, त्यसैले घरको शान्ति, अनुशासन र जिन्दगीमा सन्तुलन ल्याउन महिलाको भर पर्छन् प्रायः पुरुष ।
२.घरको खानामा महिलाको योगदान
जीवनमा घरको खानाको महत्व निकै हुन्छ । किनकी पैसा मात्र भएर पनि हामीले स्वस्थ खाना बाहिर किनेर खान सक्दैंनौं । स्वादका हिसाबले बाहिरी खाना अब्बल भएपनि स्वास्थ्यका दृष्टिकोणले घरको खाना सबैभन्दा उत्तम हुन्छ । महिला घरको एक असल इन्टिरियर डिजाइनर मात्र होईन कुक पनि हुन्छिन् र तपाईको स्वास्थ्यको चाबी पनि उनैसंग हुन्छ ।
३.बालबच्चाको हेरचाहमा महिला अगाडी
बच्चालाई जन्म दिनका लागि मात्रै नभई बालबच्चाको हेरचाह गर्नमा पनि महिलामा प्रकृतिप्रदत्त स्वाभाविक गुण हुन्छ । चाहे कामकाजी महिला हुन् या एक गृहिणी, महिलाले सन्तानको हेरचार र लालनपालनमा देखाउने उर्जा र समर्पणको कुनै जवाफ छैन । बच्चाको जीवनमा पिताको भूमिका महत्वपूर्ण भएपनि आमासंगको भावानात्मक बन्धन अतुलनीय हुन्छ ।
४. मातापिताको हेरचाह गर्न दत्तचित्त
विवाहभन्दा अगाडी महिलाले एक छोरीका रुपमा मातापिताको सेवा गर्छिन् भने विवाह पश्चात पनि आफ्नो श्रीमानको मातापितालाई आफ्नो गुण, प्रेम र स्नेहले आफ्नो बनाउँछिन् । नेपाली समाजमा पुरुषले पनि आफ्नी श्रीमतीका मातापितालाई उत्तिकै स्नेह र आदर त दर्शाउँछन् नै तर पनि आफ्नो जन्मघर छोडेर श्रीमानको घरपरिवार सम्हाल्ने महिलाको त्याग र समर्पणसंग तुलना गर्न सकिंदैन ।
५. फेशन प्रकोपबाट बचाउँछन् महिलाले
प्रकृतिबाट नै सुन्दर रुपमा सृजित महिला, सजिन पनि उत्तिकै रुचाउँछन् । सज्न, श्रृंगार गर्न र फेशनअनुसारका पहिरन लगाउनमा पनि महिला निकै अगाडी हुन्छन् । पुरुषले आफ्नी बहिनी, भाउजु, श्रीमती वा प्रेमिकासंग फेशन सल्लाह पनि लिन सक्छन्, आवश्यक परेको बेला ।
६. महिला आकस्मिक कोष बन्न सक्छिन्
महिलाहरुमा बुद्धिमत्तापूर्वक खर्च गर्ने र बचत गर्ने बानी हुन्छ । हुन त घण्टौं विण्डो शपिङ र पसल पसल बार्गेनिङ गरेर हैरान नहुने कमै पुरुष होलान् तर महिलाको यो बानी आफ्नै परिवारको लागि हो । मितव्ययीता अपनाउने महिलाहरुले बचत पनि राम्रैसंग गर्ने गर्दछन्, जुन भविष्यमा कुनै पनि बेला काम लाग्न सक्छ ।
७. अन्ततः महिला तपाईको सफलताको कुञ्जी पनि त हुन्
पुरानो भनाई छ, “एक सफल पुरुषको पछाडी महिलाको हात हुन्छ” । आफ्नो सपना विर्सिएर सदैव श्रीमानलाई हौसला दिने, जीवनको उतारचढावमा साथ दिने महिला केही हदसम्म पुरुषको सफलताको क्रेडिटहोल्डर पनि हुन् ।
तर नबिर्सिऔं है, जीवनको रथमा महिला पुरुष दुबैको भूमिका चाँही बराबरी हुन्छ है ?
रातोपाटीडटकमबाट

Comments
Post a Comment