चुलो छेउमा मुसाको दुलोबाट आएको धुवाँलाई ज्वालामुखी भनेपछि

 वैशाक २३, काठमाडौं । रौतहटमा एक किसानको घरभित्र निस्किएको धुवाँलाई ज्वालामुखी भन्दै हल्ला गरेपछि बुधबार दिनभर धेरै मानिस त्रसित भए ।
भूकम्पको त्रास केही कम भएको बेला ज्वालामुखीको हल्ला चलेको थियो । तर, ज्वालामुखी विस्फोटको खबर हल्ला मात्र भएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरे अनुसार रौतहटको गौर ९ का अक्षयलाल महतोको घरमा रहेको चुलोसँगै मुसाले खनेको दुलो जोडिएको र खाना पकाउने क्रममा उक्त दुलोबाट धुवाँ बाहिर आएको थियो ।
चुला नजिकै दुलाबाट धुवाँ आएपछि महतोको परिवारकार सदस्यले पानी हालेका थिए । त्यहाँ माटो र पानीको घोल बाहिर आएको र त्यसलाई नै ज्वालामुखी भन्दै गलत प्रचार गरिएको भन्दै एसपी सानेबाबु थपलियाले हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

Comments