जहाँ जीत तस्करहरुको हुन्छ : तस्करले झुकाए बन मन्त्रीलाई
रौतहट, वैशाख २४ – ‘रौतहटको वन, तस्करको धन’ भन्ने स्थानीय रुपमा चर्चित उखान पुनःं एकपटक प्रमाणित भएको छ । जिल्लाका केही तस्करहरुले बन मन्त्री महेश आचार्यलाई दवाबमा पारेर कर्मठ बन अधिकृतलाई पाखा लगाएर प्रमाणित गरेका हुन् ।
केही स्थानिय नेता र काठ तस्करहरुको प्रभावमा परेर उनले एकजना बन अधिकृतलाइ तीन महिना न बित्दै रौतहटबाट विभागमा फिर्ता बोलाएका हुन् । पछिल्लो समय अवैद्य काठ चोरी कटानी नियन्त्रण गर्न सफल भएका जिल्ला बन अधिकृत बिजयराज सुवेदीलाई तीन महिना नबित्दै विभागमा फिर्ता गराएका छन् । आचार्यको निर्देशनमा सुवेदीलाई बिहिवार विभागमा फिर्ता बोलाइएको छ ।
चन्द्रपुर नगरपालिका स्थित एउटा सार्वजनिक कार्यक्रममा केही दिन अघिमात्र बन अधिकृत सुबेदीलाई विज्ञ, इमान्दार र विशेष अनुभवी रहेको भन्दै मन्त्री आचार्यले कुनै हालतमा वन विनास गर्ने तत्वहरुसंग सम्झौता नगर्न हौसला दिएका थिए । त्यतिमात्र नभइ सुवेदीलाइ पटक पटक धन्यवाद समेत दिन पछी न परेका मन्त्री आर्चायले आफु सँधै साथ रहने प्रतिवद्धता जनाएका थिए । तर सोको तीन साता न बित्दै विभिन्न प्रभावमा परेर मन्त्री आचार्यले उनै बिज्ञलाइ कार्यक्षेत्र रौतहटबाट विभागमा फिर्ता बोलाएका छन् ।
उनलाइ फिर्ता बोलाउनुको पछाडी जिल्लाका केही सत्तारुढ दलका नेताहरुको चलखेल रहेको बुझिएको छ । स्रोतका अनुसार जिल्लाका केही नामुद तस्करहरुले स्थानिय नेताहरु मार्फत सुवेदीलाइ फिर्ता बोलाउन दबाब र आर्थिक प्रलोभन दिएका छन् ।
सुवेदी आएदेखि जिल्लामा लामो समयदेखि चल्दै आएको संस्थागत तस्करी बन्द भएको थियो । बिभिन्न जिल्लाबाट मात्र कागज ल्याइ तस्करीको अवैद्य काठलाई वैद्य बनाई काठमाडौं पोखरा लगायतका स्थानमा पठाउने परम्परालाइ निर्मुल गरेका थिए । जिल्लामा हाल पनि तस्करहरुले हजारौं क्युविफिट अबैध काठ स्टकगरी राखेका छन् । उक्त काठलाई वैद्य बनाएर बाहिर पठाउन सुबेदीले नमानेको कारण तस्कर र नेताहरु सक्रिय बनेका थिए ।
यसअघिका प्रमुखहरुले नेताहरुको लागि गाडी, पैसा र इन्धनको समेत व्यवस्था गर्दै आएका थिए । तर सुवेदीले उक्त सुविधा दिन नमानेको कारण पनि नेताहरु उनीसँग रुष्ट भएका थिए । सुस्ताएका कर्मचारीमा नयाँ उर्जा थपेर पुन. एकपटक जिल्लाका सम्पुर्ण वन कर्मचारीलाइ सकृय बनाउन सफल भएका थिए । परम्परागत शैलीको अन्तगरी नयाँ प्रबिधि मार्फत वन व्यवस्थापन गर्न उनले शुरु गरिसकेका थिए । चोरीको माध्यमबाट नभई वैद्य तरीकाले सबै उपभोक्तालाई शुलभ तरीकाले आवश्यकता अनुसारको काठ उपलबध गराउने उनको योजना रहेको कार्यालय स्रोतको भनाइ छ । तर तस्करहरुकै राज्य चल्ने यो जिल्लामा सुवेदी जस्ता विज्ञको के काम भन्दै उनलाई विभाग र मन्त्रालयको निर्देशनमा विभागमा फिर्ता बोलाइएको छ ।
वन मन्त्री महेश आचार्यसंग मोबाइल टेलिफोन मार्फत सम्पर्कगरेर शुबेदीको फिर्ता र चलखेल बारे बुझदा हाल आफु भुकम्पको ब्यवस्थापनमा रहेको बताए । भुकम्प पिडितहरुलाई घर निर्माणको योजना बारे निर्णयको लागी सदनमा ब्यस्त रहेकाले र काज सरुआको जिम्मा सचिवको भएकाले सो बारे कुनै जानकारी नभएको बताए ।
सुवेदीको सटामा रौतहट घर भई दार्चुला जिल्ला बन कार्यालय कार्यरत श्रीभगवान ठाकुरलाई पठाइएको छ ।
Comments
Post a Comment